site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्स्पेक्टरको शैक्षिक प्रमाणपत्र नक्कली : विशेष अदालतबाट दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीका तत्कालीन इन्स्पेक्टर (प्रहरी निरीक्षक) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर हुने फैसला गरेको हो ।

०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए । विष्टले ‘बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसन यूपी’बाट जारी हाई स्कुल परीक्षाको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उक्त प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमार्फत परीक्षण गर्न पठाउँदा ‘अपुष्टित’ भनेर जवाफ आएको थियो । विष्टलाई चार हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro