site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०.४१ अंकले घटेको छ । नेप्से परिसूचक ०.३९ प्रतिशतले घटेर २६४३.९३ विन्दुमा बन्द भएको हो ।

घटेको बजारमा उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङखोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४१३ रुपैयाँ २० पैसाले बढेर चार हजार ५४५ रुपैयाँ ३० पैसा कायम भएको छ । माथिल्लो मैलुङखोला जलविद्युत्को सेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँ ३० पैसाले बढेर ८३९ रुपैयाँ ३० पैसा कायम छ ।

नेप्से घटेको भए पनि यस दिन कारोबार रकममा वृद्धि भयो । नौ अर्ब १२ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार सात अर्ब ८५ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

११६ कम्पनीको सेयर मूल्य बढेको छ । १२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro