site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गजबार प्रहार गरेर श्रीमतीको ‘हत्या’

काठमाडौं । धनुषामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५, पर्वता टोलका २५ वर्षीय देवलाल ठाकुर छन् ।

२३ वर्षीया श्रीमती संगीता ठाकुरको हत्या गरेको उनीमाथि आरोप छ । गए राति (शनिबार) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

देवलालले गजबार (ढोका बन्द गर्न राखिएको लामो आग्लो) प्रहार गर्दा घटनास्थलमा संगीताको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro