site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा भाइले गरे दाइको ‘हत्या’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१७, धुर्जन्ना दीपनगर टोलका ३० वर्षीय प्रकाश बोहरा छन् ।

आफ्नै दाइ ३५ वर्षीय लालबहादुर बोहराको हत्या गरेको उनीमाथि आरोप छ । गए राति (शनिबार) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशले विवादका क्रममा कैँची प्रहार गर्दा लालबहादुर गम्भीर घाइते भएका थिए । धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro