site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पले टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गर्दै, ३० दिनमा निर्णय गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित भिडियो (सर्ट भिडियो) प्लेटमर्फ टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गरिरहेको बताएका छन् ।

“मैले टिकटकबारे धेरै मानिससँग कुरा गरेको छु र यसमा धेरैको चासो छ,” ट्रम्पले शनिबार पत्रकारहरूसँग भनेका छन् । उनले यसको निर्णय ३० दिनभित्र आउने बताएका छन् ।

टिकटक किन्न ट्रम्पले ओराकल र अन्य लगानीकर्तालाई संलग्न गराउने तयारी गरेको रोयर्टसले उल्लेख गरेको छ ।

ह्वाइट हाउसले गरिरहेको सम्झौताअनुसार टिकटकको मुख्य कम्पनी बाइटडान्सले पनि यसमा सेयर पाउनेछ । तर टिकटकको डाटा संकलन, सफ्टवेयर अपडेटजस्ता काम ओराकलले गर्नेछ ।

ट्रम्पले भने ओराकलसँग सम्झौता नभएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro