site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासबाट यसरी रिहा भए चार इजरायली बन्धक (तस्बिरहरू)

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले थप चार इजरायली बन्धक रिहा गरेको छ । युद्धविराम सम्झौताअन्तर्गत हमासले उनीहरूलाई बन्धनमुक्त गरेको हो । उनीहरू चारैजना इजरायली महिला सैनिक रहेका बीबीसीले जनाएको छ ।

रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग छन् । गाजामा उनीहरूलाई रेडक्रसको जिम्मा लगाइएको थियो । त्यसपछि उनीहरूलाई इजरायली सेनासमक्ष लगिएको थियो ।

त्यस क्षणको प्रत्यक्ष प्रसारण गरिएको थियो । सिन्ह्वाका अनुसार, रिहा भएका चारैजना मुस्कुराउँदै थिए ।

बन्धक रिहा गर्नुअघि हमासका बन्दुकधारी र सर्वसाधारण गाजाको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए ।

बन्धक रिहापछि इजरायलमा खुसीको माहोल छ ।

थप तस्बिर हेर्नोस्–

r10-1737814048.jpg

r8-1737814047.jpg

r9-1737814047.jpg

r4-1737814046.jpg

r5-1737814046.jpg

r6-1737814046.jpg

r7-1737814046.jpg

r1-1737814045.jpg

r3-1737814045.jpg

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro