site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजाबाट मुक्त चार इजरायली बन्धक इजरायल फर्किए

जेरुसेलम/गाजा । हमासबाट सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार इजरायली महिला सैनिकलाई युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए)ले जनाएको छ ।

रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग छन् । गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको स्थानान्तरण प्रत्यक्ष प्रसारण गरिएको थियो । चारैजना मुस्कुराउँदै थिए ।

बन्धक रिहाइ हमास र इजरायलबीचको बन्दी–बन्धक आदानप्रदानको दोस्रो चरणको भाग हो । ६ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागु भएको थियो ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताले १५ महिनाको तीव्र लडाइँपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro