site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन गरिएको छ । राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

नेपालीको भविष्यलाई समाप्त पार्ने र सम्पूर्ण जानकारी विदेशीलाई दिने कार्य राष्ट्रिय परिचयपत्रका माध्यमबाट हुने भन्दै प्रदर्शनकारीले त्यसलाई रोक्न त्यो खारेज गरिनुपर्नेमा जोड दिए ।

उनीहरूले सबै नेपाली एक भएर राष्ट्रिय परिचयपत्रविरुद्ध बोल्ने बेला आएको बताए ।

उनीहरूले ‘राष्ट्रिय परिचयपत्र खारेज गर’, ‘साइबरस्पेस सार्वभौमसत्ता कायम गर’, ‘प्रतिक्रियावादी व्यवस्था मुर्दावाद’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro