site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले रोक्यो विदेशमा दिइने सबै सहायता
डोनाल्ड ट्रम्प ।

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अरू देशमा दिइँदै आएको सहायता रोकेको छ । अमेरिकी अधिकारी र आफ्ना दूतावासहरूलाई पठाइएको आन्तरिक मेमो (पत्र)मा यो विशेष उल्लेख रहेको बीबीसीले जनाएको छ ।

‘लिक’ भएको यो सूचना राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेको कार्यकारी आदेशपछि आएको हो । यसमा परराष्ट्र नीतिको समीक्षा अवधिसम्म ९० दिनका निम्ति विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता मुलुक हो । सन् २०२३ को सरकारी तथ्यांकानुसार अमेरिकाले विदेशी सहायतामा ६८ अर्ब डलर खर्च गर्छ ।

अमेरिकी विदेश मन्त्रालयको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबै ठाउँमा लागु हुनेछ । उक्त मेमोमा अपवादका रूपमा आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टलाई दिइने सैन्य सहायता यसमा पर्दैन ।

लिक भएको मेमोको बीबीसीले पुष्टि गरेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro