site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा, आइतबार आदेश आउन सक्ने

काठमाडौं । रूपन्देही जिल्ला अदालतमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश आइतबार मात्रै आउने भएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणका अभियुक्त लामिछानेको मुद्दा 'हेर्दाहेर्दै'मा राखिएपछि आइतबार मात्रै थुनछेक बहस सकेर आदेश आउने अनुमान गरिएको हो ।

शुक्रबार भएको थुनछेक बहस नसकिए पछि आदेश आइतबार मात्रै आदेश आउन सक्ने रविका सहयोगी प्रमोद न्यौपानेले जानकारी दिए । बुधबार अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस चलिरहेको छ ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए । शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो ।

वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित अधिवक्ता डा. नारायण कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro