site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनीको मृत्यु

किएभ । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

युक्रेनले १२ वटा रूसी क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको बदलामा रूसले युक्रेन नजिकै  ड्रोन आक्रमण गरेको हो । युक्रेनी आक्रमणका कारण एक विशाल रूसी कारखानामा सेवा अवरूद्ध भएको थियो ।

मस्कोले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता राजधानीमा हरेक दिन ड्रोन वा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।

रूसी आक्रमणका कारण क्षतिग्रस्त भएको आवासीय भवनबाट कालो धुवाँ निस्केको र उद्धारकर्मीहरूले मृतकको शव बाहिर निकालेको घटनास्थलबाट प्राप्त तस्बिरमा देखिएको छ ।

युक्रेनी आपत्कालीन सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ क्षेत्रमा शत्रुको आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ ।” उक्त क्षेत्रका प्रमुखले एक निजी घरमा आक्रमण भएको बताए । ड्रोनका टुक्राहरू १० तले आवासीय भवनमा पनि ठोक्किएको बताइएको छ ।

युक्रेनी वायु सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किएभ र पश्चिमी एल्भिभसहित सात क्षेत्रमा २५ वटा रूसी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको अमानवीय आक्रमणको आलोचना गर्दै मस्कोलाई हतियार उत्पादन गर्नबाट रोक्न युक्रेनी सहयोगी राष्ट्रहरूले प्रतिबन्धहरू कडा पार्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिबन्धको उल्लंघन गरी आपूर्ति गरिएका शाहेद र अन्य क्षेप्यास्त्रको उत्पादनका लागि हरेक पक्षको जवाफदेहीता हुनुपर्छ ।”

रूसी अधिकारीहरूले मस्कोमा युक्रेनी ड्रोन आक्रमणलाई प्रतिकार गरेको बताएपछि किएभको बाहिरी भागमा आक्रमण भएको हो । रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले मस्को, कब्जा गरिएको क्रिमियन प्रायद्वीप र पश्चिमी ब्रायन्स्क क्षेत्रमा युक्रेनी मानवरहित १२१ वटा हवाई यान खसालेको जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro