site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–२’को पुरस्कार वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण–२’को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रथम, द्वितीय, तृतीय स्थान तथा पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फाटोग्राफरलाई पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्य तेस्रो भएका थिए । विजेताले प्रमाणपत्रका साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । उनले प्रमाणपत्रको साथै पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । 

बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी हुन स्थानीय साना तथा मझौला व्यापार झल्कने तस्बिर खिचेर पठाउनुपर्ने नियम थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro