site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
केई एक्स–३ प्रो ९९ किलोवाटमा उपलब्ध, सुरुआती मूल्य ४३ लाख ९६ हजार

काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपाली बजारमा ल्याएको छ । परिस्कृत पर्फमेन्स र दक्षतायुक्त दाबी गरिएको एक्स–३ प्रो को सुरुआती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ छ ।

कम्प्याक्ट एसयूभी सेगमेन्टमा सबैभन्दा अफोर्डेबल एसयूभी दाबी गरेको गाडीको अफर मूल्य सीमित समयका लागि लागु हुने कम्पनीले जनाएको छ ।

एक्स–३ प्रोमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल)को लिथियम आइरन फस्फेट ब्याट्री छ । यसले २६० एनएम सम्मकोटर्क प्रदान गर्छ ।

एकपटकको फुल चार्जमा गाडीले ३७० किलोमिटर रेन्ज दिने बताएको छ । ब्याट्री फुल चार्ज हुन पाँचदेखि सात घण्टा लाग्छ ।

घरमा सात किलोवाटको एसी चार्जरबाट आठ घण्टामा फुल चार्ज गर्न सकिने बताइएको छ । डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।  

एक्स–३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।

केई एक्स–३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । केई एक्स–३ प्रो ईभी विभिन्न पाँच कलर अप्सनमा उपलब्धछ ।

नेपालभरी बलियो उपस्थिति रहेको केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौँडा, दमक र बिर्तामोड गरी ९ सोरुमबाट सेवा दिइरहेको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro