site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डमा समलिंगी विवाहलाई कानुनी मान्यता, नेपालमा एक वर्षअघि नै भएको थियो दर्ता

काठमाडौं । थाइल्यान्डले आज (२३ जनवरी)देखि समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ । कानुनी मान्यता पाएसँगै धेरै समलिंगी जोडीले विवाह दर्ता गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार, ताइवान र नेपालपछि थाइल्यान्ड समलिंगी विवाहलाई मान्यता दिने एसियाको तेस्रो प्रमुख देश हो ।

प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राले आज इन्द्रेणी झन्डा (समलिंगी झन्डा) थाइल्यान्डमाथि गर्वका साथ फहरिरहेको बताए । नयाँ विवाह कानुनमा तेस्रो लिंगीलाई पनि विवाह गर्ने अधिकार दिइएको छ ।

पूर्वप्रधानमन्त्री श्रेष्ठा थाविसिनले अमेरिकाको तुलनामा थाइल्यान्ड धेरै खुला विचारको मुलुक भएको बताए । उनले यस कानूनको कार्यान्वयनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरे । | "हालै एउटा देशका नेताले त्यहाँ दुई लिंगमात्र भएको बताए । मलाई लाग्छ, हामी उनीहरूभन्दा धेरै खुला विचारधाराका छौँ," उनले भने ।

कानुन लागु भएसँगै थाई अभिनेता अपीवात पोर्शेले विवाह दर्ता गरेका छन् । उनले आफूहरूले आजको दिनका लागि दशकौँसम्म लडेको बताए । आज एक ऐतिहासिक दिन रहेको उनको भनाइ छ ।

यस कानुनलाई थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले गएको सेप्टेम्बरमा अनुमोदन गरेका थिए । थाइल्यान्डमा लैंगि क तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलाई धेरै महत्त्व दिइन्छ ।

नेद रल्यान्ड्स  समलिंगी विवाहलाई अनुमति दिने   हिलो देश हो ।  नेद रल्यान्ड्सले सन् २ ००१ मा समलिंगी विवाहलाई अनुमति दिएको थियो ।

नेपालमा एक वर्षअघि नै दर्ता भएको थियो समलिंगी विवाह
नेपालमा पहिलोपटक ०८१ मंसिर १३ गते समलिंगी विवाह दर्ता भएको थियो । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ ले दर्ता गरेको थियो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङले विवाह दर्ता गराएका हुन् । उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ ।

BIhe-1701263546.png

विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा 'सामाजिक परम्पराअनुसार' उल्लेख गरिएको छ । यस विवाह दर्ताको अभिलेख भने अस्थायीरूपमा राखिने प्रमाणपत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतले ०८१ असार १२ मा समलिंगी विवाह दर्ता गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro