site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचपीभी अब नियमित खोप तालिकामा, १० वर्षका सबै बालिकाले पाउने 

काठमाडौं । सरकारले पाठेघरको क्यान्सरविरुद्धको खोपलाई नियमित खोप तालिकामा समावेश गरेको छ । योसँगै आगामी वर्षदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप सबै १० वर्षका बालिकालाई दिइनेछ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो खोप नियमित खोप तालिकामा समावेश गरिएको जानकारी दिए । “आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालयबाहिर रहेका १० वर्षका बालिकालाई नियमित खोपमार्फत हरेक वर्ष एचपीभी खोप दिनेछौँ,” उनले भनेका छन् । 

यही माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई अभियानमार्फत यो खोप दिइँदै छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro