site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–२ स्थायी घर भएर  काठमाडौं टोखा नगरपालिका–३ बस्ने विनौद पौडेल पक्राउ परेका हुन् । 

एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ । 

उनलाई पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro