site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा रेलले किच्दा ‘तीन नेपाली’को मृत्यु
कमला भण्डारी ।

काठमाडौं । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका (हिजो) रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा नौ पुरुष र तीन महिलाको मृत्यु भएको जलगाउँका जिल्ला कलेक्टर आयुष प्रसादले द इन्डियन एक्सप्रेसलाई बताएका छन् ।

ज्यान गुमाउनेमध्ये ‘तीन नेपाली’ नागरिक हुन् । हालसम्म नेपाली नागरिकसहित सातजनाको शव पहिचान भइसकेको दैनिक भास्करले जनाएको छ ।

दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ । कमला भण्डारीको घर कैलालीको मोहन्याल गाउँपालिका–६ हो ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो । त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । रेल रोकियो । र, हतारहतार केही यात्रु रेलबाट हाम फालेका थिए ।

त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो ।

जलगाउँका एक मन्त्री गुलाबराव पाटिलले रेलमा आगो लागेको अफवाहले यात्रु डराएका र त्यसबाट हाम फालेका बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro