site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा रेल दुर्घटना : ११ जनाको मृत्यु

काठमाडौं । भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँस्थित परान्डा रेलवे स्टेसनमा बुधबार दुर्घटना भएको हाे । स्टेसनमा पुष्पक एक्सप्रेस रेलका यात्रीहरूलाई कर्नाटक एक्सप्रेस रेलले कुल्चिदिएको जनाइएको छ ।

पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूबीच भागदौड मच्चिएको र त्यसैक्रममा केही यात्रुले झ्यालबाट हामफालेको जनाइएको छ । हामफालेका यात्रुलाई विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले कुल्चिएको जनाइएको छ ।

जलगाउँ जिल्ला मजिस्ट्रेटका अनुसार घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro