site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मा लगाइयो
फाइल तस्बिर ।

काठमाडौं । रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविलाई जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो । बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको हो ।

जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार लामिछानेलाई भोलि (बिहीबार) बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश भएको छ ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा लागेको छ । यसअघि कास्कीको सूर्यदर्शन ठगी मुद्दामा लामिछानेलाई ६५ लाख र काठमाडौंका सूर्यदर्शन ठगी मुद्दामा ६० लाख धरौटीमा रिहा हुने आदेश भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro