site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
राजदूत यादवलाई एन्टाको सम्मान

सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवलाई सम्मान गरिएको छ ।

एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले सम्मान गरेको हो । एन्टाका अध्यक्ष रञ्जित शाहको नेतृत्वमा एक प्रतिनिधि टोलीले यादवलाई स्वागत तथा सम्मान गरेको हो ।

टोलीले राजदूत यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि उनको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष शाहले राजदूतको आगमनले नेपाली समुदायलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरे । राजदूत यादवको नियुक्तिलाई अस्ट्रेलियामा रहेका नेपालीहरूका लागि प्रेरणादायक कदमको रूपमा लिँदै नेपाली संस्कृति, मूल्य र पहिचान प्रवर्द्धन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाए  ।

राजदूत यादवले स्वागत समारोहमा त्यहाँका समुदायको भावना र अपेक्षालाई उच्च प्राथमिकता दिइने बताइन् । साथै, उनले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता पनि जाहेर गरिन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro