site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘कानुन लत्याउने’ सूर्य नेपालका उच्च नेतृत्वलाई विभागको ‘केरकार’

काठमाडौं । ‘सूर्य फ्युजन’ चुरोटको बिक्री बढाउन कानुन विपरीत ‘फ्री फ्लो’ बट्टा बाँडेको सूर्य नेपालका उच्च अधिकारीलाई आन्तरिक राजस्व विभागले लगातार सोधपुछ गरिरहेको जनाएको छ । विभाग उच्च स्रोतले दिएको जानकारीअनुसार सूर्य नेपालका उपाध्यक्ष रवि केसीसहित उच्च अधिकारीलाई बोलाएर लगातार ‘केरकार’ गरिएको छ ।

कानुन लत्याउँदै सूर्य नेपाल : ‘सूर्य फ्युजन’ चुरोट बेच्न गैरकानुनी हतकण्डा 

केसीले विभागमा उपस्थित भएर अरू कसैले आफ्नो कम्पनीलाई बदनाम गर्न यो कार्य गर्न खोजेको अभिव्यक्ति दिएका थिए ।

“हाम्रो कम्पनीको विरूद्धमा लाग्ने वा कुनै डिलरले यो कार्य गरेको हुन सक्छ,” उनले विभागका अधिकारीहरूसँग भनेका थिए । यसअघि केसीले ‘फ्रि फ्लो’ नभएको टिप्पणी गर्दै आएका थिए । तर विभागले केही स्थानमा फेला पारेको प्रमाण देखाएपछि आफूहरुका विरुद्धमा अरु कसैले गरिदिएको बताएका थिए ।

सूर्य नेपालका डिलरबाट ल्यापटप र कागजपत्र राजस्व कार्यालयले नियन्त्रणमा लियो, उपाध्यक्ष केसी विभाग धाउँदै

विभागका अधिकारीले केरकार जारी राखेपछि आफू र आफ्नो कम्पनीमात्रै नभएर अन्य कम्पनीले पनि त्यसो गरेको र पाँच तारे होटलमा यस्ता गतिविधि हुने बयान दिएको विभागकै एक उच्च अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
“पाँच तारे होटलमा पनि यस्ता गतिविधि हुन्छन,” उनले अधिकारीहरूसँग भने, “हाम्रो कम्पनीले त्यस्तो केही गरेको छैन, अरू कसैले गरेको हुन सक्छ ।” तर, विभागका अधिकारीहरूले अरूको विषयमा भन्दा आफ्नो कम्पनीको बारेमा स्पष्ट पार्न भनेका थिए । 

सूर्य नेपालको करछली आशंकामा अनुसन्धान, कर अधिकृत गोदाममै पुगे  

विभागका महानिर्देशक रामप्रसाद आचार्यले आफ्नो कम्पनीलाई लागेको आरोप के हो भनेर सोधेका थिए ।  “महानिर्देशकज्यूले अरूको कुरा नगर्नुहोस्, तपाईंको कुरा के हो स्पष्ट पार्नुहोस् भन्नुभयो,” छलफलमा सहभागी विभागका एक कर्मचारीले भने ।

सूर्य नेपालको गैरकानुनी क्रियाकलापप्रति के गर्दैछ प्रशासन र कर कार्यालय ?

त्यसपछि केसी हच्किएका थिए । “विभागका महानिर्देशक आचार्यले छैन भने अनुसन्धान गर्न विभागमा निवेदन दिनुहोस् । हामी पत्ता लगाउँछौ, भन्नुभयो, त्यसपछि केसी रोकिए,” स्रोतले भन्यो ।  महानिर्देशक आचार्यले केसीलाई कम्पनीले आदेश र योजनाबिना कसरी यो काम हुन सक्छ ? भन्दै प्रश्न गरेका थिए ।

‘कानुन लत्याउने’ सूर्य नेपालमाथि कारबाही गर्न जनस्वास्थ्यलाई जिल्ला प्रशासनको पत्र

कम्पनीले नगरेको भए अनुसन्धान गरिदिन निवेदन मागेको विभागसँग केसीले निवेदन नदिइ बाहिरिएका थिए । विभागले देशैभर रहेका सूर्य नेपालका डिलरहरूमा लगातार छापा मारिरहेको छ । एक डिलरले नाम नछाप्ने सर्तमा भने, “कम्पनीकै योजना बमोजिम गरिएको हो । तर अहिले कम्पनी पानीमाथिको ओभानो भएको छ । हाम्रा डिलरमा लगातार विभागले छापा मारिरहेको छ ।” 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro