site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से परिसूचक बढ्यो, सेयर कारोबार रकम घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.०८ अंकले बढेको छ । नेप्से परिसूचक ०.१९ प्रतिशतले वृद्धि भएर २६१३.०८ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ ।

सोमबारको सेयर कारोबार रकमको तुलनामा ३८ करोड रुपैयाँले कमी आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

१०६ कम्पनीको सेयर मूल्य बढेको छ । १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ । मंगलबार यो समूहको परिसूचक २.७९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro