site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संखुवासभाका आगलागीपीडितलाई राहत दिन माग

विराटनगर । संखुवासभामा आगलागीपीडित परिवारलाई राहत दिन कोसी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । मंगलबार बसेको कोसी प्रदेशसभा बैठकको शून्य समयमा सांसदले विपद्मा परेका जनताका समस्यामा गम्भीर बन्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसका सांसद भीम पराजुलीले संखुवासभाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा भएको आगलागीमा परेका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति नदिएको बताए । “स्थानीय संघसंस्थाले सहयोग गरे । राहत र क्षतिपूर्ति दिन सरकारले चासो दिएको छैन,” उनले भने ।

आगलागीबाट स्थानीय रामबहदुर राई, अमिृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जल्दा दुई करोड रुपैयाँबराबरको क्षति भएको थियो ।

यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा हरिप्रसाद घिमिरेको मृत्यु भएको र परिवारले राहत तथा क्षतिपूर्ति नपाएको उनले बताए ।

प्रदेशसभा सदस्य पराजुलीले हाल मकै र गहुँको बीउ तथा मलखादको धेरै माग रहेको भन्दै किसानलाई सहज ढंगले उपलब्ध हुने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro