site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य तोलामा ११ सयले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro