site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टिकटकको कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय पुगेपछि विभिन्न आदेश जारी गरेका छन् । उनले चिनियाँ सोसल मिडिया एप टिकटकसँग सम्बन्धित आदेशमा पनि हस्ताक्षर गरेका छन् । 

यद्यपि, टिकटकका सम्बन्धमा उनले के लेखेका छन् विस्तृत जानकारी दिइएको छैन । तर ट्रम्पले टिकटकलाई ९० दिनको समय दिने यसअघि बताइसकेका छन् । 

उनले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि नै टिकटकमा कार्यकारी आदेश जारी गर्ने बताएका थिए ।

राष्ट्रपति कार्यालयका एक पत्रकारले ट्रम्पलाई सोधे, “टिकटकको खतराबारे पहिला किन चेतावनी दिइरहनु भएको थियो ?” 

जवाफमा ट्रम्पले भने, “यो टिकटकसँगको सम्झौतामा निर्भर गर्छ । यदि, यो एपले सम्झौता गर्दैन भने यो बेकार छ । यसले सम्झौता गर्छ भने यसको महत्व अर्बौं डलर हुनेछ ।” बीबीसी
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro