site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोबाइल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मोबाइल चोरी गरी रकम ठगी गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर रौतामाई गापा ७ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका २४ बस्ने ३५ वर्षीय ध्रुवकुमार राय र काठमाडौं जिल्ला कामनपा २४ बस्ने राजन डंगोल छन् । 
                                                          
उनीहरूको साथबाट प्रहरीले एप्पलको आईफोन एक थान, ओप्पो कम्पनीको मोबाइल एक थान, रेडमी कमपनीको मोबाइल दुई थान, किप्याड मोबाइल दुई थान, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि एक थान र ब्लुबुक एक थान बरामद गरेको छ । 

प्रहरीले उनीहरूलाई ०८१ माघ ७ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro