site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २६०७ विन्दुमा, साढे ६ अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा बन्द भएको हो ।

यस दिन ६ अर्ब ५७ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आइतबारको तुलनामा कारोबार रकममा वृद्धि भएको हो । आइतबार ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०५ प्रतिशतले बढेको छ । रिभर फल्स पावरको सेयर मूल्य ७.७० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रोपावर र माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ । बाँकी आठ समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro