site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तालाबन्दी रोक्न शिक्षा मन्त्रालयको अपिल 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक क्षेत्रमा तालाबन्दी र हड्ताल रोक्न पेसागत तथा विद्यार्थी संगठनलाई अपिल गरेको छ । यस्ता गतिविधिले विद्यार्थीको शैक्षिक अधिकार हनन भएको भन्दै विज्ञप्तिमार्फत मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“आफ्नो हकको माग गर्दा आमविद्यार्थीको सुरक्षित र शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न पाउने अधिकार हनन हुनु उपयुक्त हुँदैन,” विज्ञप्तिमा भनिएको छ ।

यस्ता गतिविधि नियन्त्रणमा सहयोग र समन्वय गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro