site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्युरेक्स फार्माको क्याल्सियम ट्याब्लेट बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले काभ्रेको बनेपास्थित क्युरेक्स आर्या फार्मास्युटिकल्सबाट उत्पादित क्याल्सियम ट्याब्लेट बिक्रीमा रोक लगाएको छ । क्याल्बोन नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटमा खराबी देखिएपछि विभागले बिक्रीमा रोक लगाएको हो ।

औषधिको ब्याच नम्बर टीसीएल–२२९ राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । उक्त ब्याचका औषधि बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याई सोको विवरण बुझाउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । 

खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागको आग्रह छ ।

dda-recall-1737355499.jpg
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro