site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा न्यून भिजिविलिटी, यातायात सेवा प्रभावित हुने सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्म आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

दिपायल, विराटनगर, धनगढीमा सबैभन्दा धेरै कुहिरो लागेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिपायमा दुई सय, धनगढीमा दुई सय र विराटनगरमा दुई सय मिटर भिजिविलिटी रहेको छ । 

सिमरामा ६ सय, पोखरामा दुई किलो मिटर, लुक्लामा १० किलोमिटर र काठमाडौंमा बिहान पौने ६ बजेको भिजिविलिटी पाँच किलोमिटर छ । 

“तराईका अधिकांश स्थानमा बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । पहाडमा भने अवस्था सामान्य छ,” मौसमविद् लामिछाने बाह्रखरीसँग भन्छन्, “घाम लागेपछि भने कम हुँदै जान्छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्नेछ ।” 

भोलि पनि तराई भूभागमा आजको जस्तै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । 

“तराईका क्षेत्रमा यातायात सेवा बिहानको समयमा प्रभावित हुने सम्भावना छ,” मौसमविद् लामिछानेले भने, “बिहानको समयमा हवाई सेवा उडान र अवतरणमा असर पर्ने सम्भावना छ । दिउँसो भने समस्या हुँदैन ।” 

दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । 

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro