site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कति छ काठमाडौंको न्यूनतम तापक्रम ?
फाइल तस्बिर ।

काठमाडौं । देशभरको मौसम आज सामान्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सफा हुनेछ । 

बिहान तराईका अधिकांश स्थानमा कुहिरो र हुस्सु लागेको छ । पहाडी क्षेत्रमा मौसम सफा रहेको छ । 

कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली हुनेछ । बाँकी क्षेत्रमा मौसम सफा हुनेछ । 

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रमम ५.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ । 

हाल पश्चिमी वायुको प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro