site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले जारी गर्‍यो हमासले छाड्न लागेका ३३ बन्धकको सूची, विपीन परेनन्

काठमाडौं । इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका ३३ बन्धकको सूची सार्वजनिक गरेको छ । हमासले ती ३३ जनालाई युद्धविरामको पहिलो चरणमा रिहा गर्नेछ ।

सूचीमा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको नाम छैन ।

इजरायलले हमासले रिहा गर्न लागेका ३३ बन्धकको तस्बिरसहित नामको सूची सामाजिक सञ्जालमा राखेको छ । इजरायलले आफ्नो आधिकारिक एक्स अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेको छ, जसमा यी ३३ बन्धकको नाम र तस्बिर छ ।

सूचीअनुसार, हमासले रिहा गर्न लागेका बन्धकमा महिला, बालबालिका र वृद्धवृद्धाको नाम समावेश छ ।

asdgm-1737282218.jpg
१५ महिनाअघि सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमणका क्रममा हमासका लडाकुले २५१ जनालाई बन्धक बनाएका थिए । तीमध्ये नेपाली विद्यार्थी विपीन एक हुन् ।

८६ वर्षीय श्लोमो मान्ट्जुर उक्त सूचीमा रहेका सबैभन्दा वृद्ध बन्धक हुन् । उनी रिहा हुने पहिलो व्यक्तिमध्ये हुने अपेक्षा गरिएको छ ।

हमासले यसअघि पहिले रिहा गरिने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro