site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार २६ सय अंकमाथि

काठमाडौं । सेयर बजार आइतबार १२ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार परिसूचक १२.५८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २६०१.२१ को विन्दुमा उक्लिएको छ ।

१७१ कम्पनीको सेयर मूल्य बढेको छ । ६८ कम्पनीको सेयर मूल्य घटेको छ । बोट्लर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विन नेपाल लघुवित्त, सामलिङ पावर कम्पनी, नेपाल रिपब्लिक मिडिया कमाउनेमा शीर्ष स्थानमा रहे ।

यस दिन ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद–बिक्री भएको हो ।

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, म्युचअल फन्ड तथा व्यापारको सेयर मूल्य घट्यो । बाँकी समूहको सेयर मूल्य बढ्यो । फाइनान्स समूह २.३२ प्रतिशत तथा म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेयर मूल्य २.५७ प्रतिशतले बढ्यो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro