site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय अस्पतालमा चिकित्सकको बलात्कार घटनामा रोय दोषी ठहर

कोलकाता । भारतको एक अदालतले शनिबार ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको छ ।

गएको अगस्टमा पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । पीडितको रगताम्य अवस्थामा शव फेला परेको थियो । 

घटनापछि सरकारी अस्पतालका चिकित्सकले थप सुरक्षाको माग गर्दै कोलकातामा विरोध प्रदर्शन गरेका थिए । भारतका अरू ठाउँका हजारौँ नागरिक ऐक्यबद्धता जनाउँदै चिकित्सकको विरोध प्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रुत गतिमा सुनुवाई अघि बढाइएको थियो । यो मुद्दामा एक हप्ताअघि मात्र बहस सकिएको थियो ।

अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्यामा दोषी ठहर गरिएपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका छन् ।

रोयले लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन् । फैसलापछि उनले भने, “मलाई फसाइएको छ ।”

रोयलाई जेलको भ्यानबाट अदालतमा ल्याइएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उनीविरुद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए ।

उनीहरूले नारा लगाउँदै भने, “बलात्कारीलाई फाँसी देऊ, फाँसी देऊ ।”

रोयबाट केही मिटरको दूरीमा बसेकी पीडितकी आमाले एएफपीसँग भनिन्, “यदि, उसलाई मृत्युदण्ड दिइएन भने आममानिसले न्यायपालिकामाथिको विश्वास गुमाउनेछन् ।”

मृतक युवतीका बुवाले भने, “उसले हाम्रो छोरीको जीवनलाई क्रूरतापूर्वक अन्त्य गरेको छ । ऊ पनि त्यस्तै नियतिको हकदार हुन्छ ।”

मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो ।

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यो आक्रमणको बीभत्स प्रकृतिको तुलना गरिएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro