site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज भएको बताएका छन् ।

बेलायत भ्रमणमा रहेका कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत लोकतन्त्रमा कुनै पनि बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य नभएको बताएका छन् ।

“वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो,” उनले भनेका छन् ।

उनले पराजित मानसिकताबाट भएको आक्रमणको घटनाको नागरिकस्तरबाटै निन्दा हुनुपर्ने पनि बताएका छन् । “यस्ता कार्यको सबै मिलेर निन्दा गरौँ । दोषीमाथि कारबाही गर्न ढिला नगरौँ,” कोइरालाले भनेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro