site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आशिका तामाङ पाँच दिन थुनामा रहने, दोषी ठहर भए के हुन्छ सजाय ?
तस्बिर : आशिका तामाङको फेसबुकबाट ।

काठमाडौं । आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको छ ।

आफूलाई अभियन्ता बताउने आशिका बुधबार स्वयम्भूबाट पक्राउ परेकी थिइन् । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिहेको छ ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुयैयाँ जरिवाना तथा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro