site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । सेयर बजार बुधबार १.८३ अंकले बढेको छ । बजार परिसूचक २५९५.९६ विन्दुमा उक्लिएको हो ।

बजार सामान्य वृद्धि हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । १०८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन पाँच अर्ब ८२ करोड ४९ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । एक करोड सात लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सुपरमादी हाइड्रो, बाराही हाइड्रो, स्वेतगंगा हाइड्रो, खानीखोला हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ विकास बैंक, होटेल तथा टुरिजम, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, उत्पादन तथा अन्य सूचक सामान्य वृद्धि भयो । बाँकी सूचकको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro