site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे तीन अर्बमा आयल निगमको धनगढी डिपो स्थानान्तरणको तयारी

काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपो सार्ने प्रक्रिया अघि सारेको छ । धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थान अतरियानजिक डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको निगमले जनाएको छ । निगमले अतरिया चोकबाट पूर्वतर्फ पाँच किलोमिटरको दुरीमा २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थानान्तरणको प्रक्रिया अघि बढाएको हो ।

२०३७ सालमा दैनिक अधिकतम चार गाडीलाई बनाइएको डिपोले हाल त्यस क्षेत्रका नौ जिल्लालाई पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । उक्त डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भएपछि स्थानान्तरणको प्र्रक्रिया अघि बढाएको निगमले जनाएको छ ।

निगमले जग्गा प्राप्ति स्वीकृतिको  लागि मन्त्रिपरिषद्मा पठाएको जनाएको छ । २०८२ वैशाखमा शिलान्यास गरी दुई वर्षभित्र डिपो सञ्चालनमा ल्याउने तयारी रहेको इन्जिनियर प्रदीप यादवले जानकारी दिए । जग्गा अधिग्रहणसहितको कुल लागत साढे तीन अर्ब रहेको यादवले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro