site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजी मोटर्सका थप दुई नयाँ सेवा केन्द्र सञ्चालनमा

काठमाडौं । एमजी मोटर्स नेपालले आफ्नो सेवा नेटवर्कलाई थप दुई अत्याधुनिक केन्द्रमार्फत विस्तार गरेको छ । एमजीको नेपालका निम्ति अधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

पारामाउन्ट मोटर्सले यसअघि ललितपुरको कुसुन्तीमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

यी केन्द्रहरूले सञ्चालनमा आएकै दिनदेखि आधिकारिक रूपमा आफ्नो सेवा प्रदान गर्न सुरु गरेका छन् । यी नयाँले कुसुन्ती सेवा केन्द्रमा लागु गरिएका उन्नत प्रविधि र मापदण्डहरूलाई नै पछ्याएको कम्पनीले जनाएको छ ।

कुसुन्ती सेवा केन्द्रले सन् २०२३ देखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ ।

नयाँ दुवै केन्द्रमा ग्राहकको सहुलियत र समर्थनका निम्ति अत्याधुनिक डायग्नोस्टिक र मर्मत प्रौद्योगिकी उपलब्ध गराइएको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro