site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तिब्बत भूकम्प : तीन हजार ६०० भन्दा बढी परकम्प

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत)को दिंगी काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल तीन हजार ६१४ परकम्प मापन गरिएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

यीमध्ये धेरैजसो परकम्प ३.० म्याग्निच्युडभन्दा कमका थिए । ४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प सोमबार राति मापन गरिएको थियो । त्यसबाट काउन्टीमा केही घरहरू भत्किएको बताइएको छ ।

यही जनवरी ७ मा दिंगीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १२६ जनाको मृत्यु भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro