site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंबाट चिनियाँ नागरिक अपहरण, हेटौँडाको जंगलबाट चार भारतीय पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । भारतीय समूहले ती चिनियाँ नागरिकलाई काठमाडौंको ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको खुलेको छ ।

अपहरणको सूचना उपत्यका अपराध अनुसन्धानको टोलीले प्राप्त गरेपछि चिनियाँ नागरिकको उद्धारका लागि काठमाडौंबाट हेटौँडा पुगेको छ ।

प्रहरी स्रोतका अनुसार हेटौँडाको जंगलबाट कार्यालयको टोलीले चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro