site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
मगर समुदायले मनाए माघेसंक्रान्ती (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा बसोवास गर्दै आएका मगर समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै माघेसंक्रान्ति पर्व मनाएका छन् ।

माघेसंक्रान्ति पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका मगर समुदायले आ–आफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् । त्यसअघि काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक र्याली निकालिएको थियो । सांस्कृतिक र्याली विभिन्न स्थानको परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो ।

माघेसंक्रान्ति पर्वको अवसर पारेर नेपाल मगर संघले काठमाडौंको टुँडिखेलमा दुईदिने महोत्सवको आयोजना गरेको हो ।  

नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।

यसदिन छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् । चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने प्रचलन छ ।

छोरीचेलीलाई गिठ्ठा, भ्याकुर, पिँडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरूकै घर–घरमा पठाइदिने गरिन्छ । 

 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro