site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढीको वायु खतरनाक, तीन सहर अस्वस्थकर

काठमाडौं । कैलालीको धनगढीको वायु मंगलबार दिउँसो खतरनाक अवस्थामा पुगेको छ । वातावरण विभागका अनुसार मंगलबार  दिउँसो १ बजे वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) ३५३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३०० भन्दा माथि भएमा वायु स्वास्थ्यका निम्ति खतरनाक हुन्छ । सो समय धनगढीको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १४९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

काठमाडौं उपत्यकाभित्र ललितपुरको खुमलटार अस्वस्थकर छ । त्यहाँको एक्यूआई  १५२ र पीएम २.५ को मात्रा ५१.६ पुगेको छ । यस्तै, धनुषाको जनकपुरमा एक्यूआई १८२ र पीएम २.५ को मात्रा १२२ तथा धनकुटाको एक्यूआई १५३ र पीएम २.५ को मात्रा बढेर ६४.६ पुगेको छ ।

यी तीनवटै सहर अस्वस्थ्यकरको सूचीमा छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro