site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाइयो दशौँ राष्ट्रिय योग दिवस

काठमाडौं । दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ नाराका साथ राष्ट्रिय योग दिवस मनाइएको हो ।

दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा योग दिवसको मूल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढ्न सके मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताइन् । उनले अब कक्षाकोठा र विद्यार्थीलाई पनि योगसँग जोड्ने गरी अघि बढ्ने आश्वासन दिइन् ।

त्यस्तै, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले योग शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

सरकारले ०७२ साउन २८ मा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो । दिवसको संयोजन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा 'योग सबैका लागि सधैँका लागि' आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

राष्ट्र संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro