site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गरिमा विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा पोखरामा पुस २९ गते सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनसहित सेयरधनीहरूलाई वितरण प्रस्ताव गरेको पाँच प्रतिशत (करसहित)को नगद लाभांश पारित गरेको छ ।

साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्ने तीन सञ्चालक दिलीपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित गरेको छ । यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने तीन सञ्चालकमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइरालालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

साधारण सभालगत्तै बसेको सञ्चालकको बैठकले दिलीपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत मनोनीत गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार ३२७ रुपैयाँ छ । साधारण सभाले पारित गरेको लाभांश ०८१ पुस १७ गते कायम रहेका विकास बैंकका सेयरधनीहरूले प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro