site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेकी काठमाडौं जिल्ला कामनपा ०३ महाराजगन्ज बस्ने वर्ष ५९ की सुधा बस्नेतलाई आज सोमबार महाराजगन्जबाट पक्राउ गरेको हो । 

केशकुमार श्रेष्ठलगायतका व्यक्तिहरूको जाहेरीका आधारमा बस्नेत पक्राउ परेकी हुन् । बस्नेत उच्च अदालत पाटन ललितपुरबाट फैसला भई कुल ९० लाख ५० हजार बिगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेकी थिइन् । 

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि उच्च अदालत पाटन ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro