site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यात्रुबसको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । विराटनगरमा सोमबार साँझ यात्रुबसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हिमाल आँखा अस्पतालअगाडि साँझ बसले ती महिलालाई ठक्कर दिएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार विराटनगर बसपार्कतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले बाटो काट्दै गर्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा परी विराटनगर–१४ बस्ने अन्दाजी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । गम्भीर घाइते उनको उपचारको क्रममा कोशी अस्पताल निधन भएको हो ।
 
प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro