site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘केएनपीको पर्वसँगै रङमा दंग, ५ लाखबराबरको सुनसँग’ विजेता घोषणा

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सको चाडपर्व योजनाअन्तर्गत ग्राहकहरूलाई केएनपीको रङमा दंगको विजेता घोषणा गरेको छ । बम्पर पुरस्कारका रूपमा पाँच लाख रुपैयाँबराबरको सुन विजेता घोषणा गरेको हो ।

बम्पर पुरस्कारको रूपमा पाँच लाखबराबरको सुन जनकपुरका शिवनारायण मण्डलले पाएका छन् । ब्रान्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्रान्डेड स्मार्ट टीभी वीरगन्जका ध्रुवप्रसाद गुप्ताले पाएका छन् ।

साथै थप १०० भाग्यशाली ग्राहकले केएनपीका तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् ।

‘केएनपीको पर्वसँगै रङमा दंग, ५ लाखबराबरको सुनसँग’ योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने एक सयजना भाग्यशाली ग्राहकले ब्रान्डेड स्मार्ट वाच, एकजनाले ब्रान्डेड स्मार्ट टीभी र एकजनाले ब्रान्डेड ल्यापटप जित्न सक्ने अवसर थियो ।

यस योजनाको विजेताहरू लक्की ड्रमार्फत आइतबार ‘कल कान्तिपुर’मा प्रत्यक्ष रूपमा चुनिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro