site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नोभा कम्पनीको क्याल्सियम ट्याबलेट बिक्रीमा रोक

काठमाडौं । धादिङको औषधि व्यवस्था विभागले नोभा जेनेटिक प्रालिले उत्पादन गरेको क्याल्सियम ट्याबलेट बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरीय पाइएपछि ब्याच नम्बर सीभीडी३–२६४ र सीभीडी३–२६७ र्का 'क्यालिजेन एफ' नामक औषधि बिक्रीमा रोक लगाइएको हो ।

ती औषधिहरू ५०० एमजी ट्याब्लेटमा उपलब्ध थिए । ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।

खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागको आग्रह छ । कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ ।

dda-1736751030.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro