site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जलवायुु परिवर्तनका मुुद्दा साझा हुन्, सबै मिलेर समाधान गर्नुुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनको विषय विश्वव्यापी साझा मुद्दा भएकाले सबै मुलुक मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा विश्व व्यापार संगठन (डब्लूटीओ) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना’ विषयक तेस्रो वार्षिक सम्मेलनको उद्घाटन समारोहमा अर्थमन्त्री पौडैलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवं पूर्वाधार विकासको क्षेत्रमा समेत स्पष्ट देखिएको बताए ।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृंखलामा समेत विविधीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता,  अनुसन्धानकर्ता  र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गर्न सम्मेलनमार्फत ठूलो सहयोग पुग्ने अर्थमन्त्रीको भनाइ छ ।

सम्मेलनमा काठमाडौं विश्व विद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासका लागि टेवा पुग्ने बताए ।

सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेसनल ट्रेड ल एन्ड आरबिटेसन इस्टबुल विलगी युनिभरसिर्टीका निर्देशक डा. एन पिनर आर्टिरनले जलवायु परिर्वतन र वातावरणीय दिगोपनलाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुपर्ने बताए ।

कृषि, पर्यटन, व्यापार पूर्वाधारजस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

दुुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, टर्की, बंगलादेश, इन्डोनेसियालगायतका नौवटा देशका प्रतिनिधिको सहभागिता छ । शनिबारदेखि राजधानीको याक एन्ड यती होटेलमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro